खुट्टा गन्हाउँछ ? अपनाउनुस् यी ४ घरेलु काइदा

लामो समयसम्म जुत्ता तथा मोजा लगाएर काम गर्नुपर्दा धेरै मानिसको खुट्टाबाट दुर्गन्ध आउने समस्या हुन्छ । अझ नियमित सफाइ भएन भने त त्यो समस्या अझै बढ्छ । यद्यपि केही मानिसले खुट्टाबाट दुर्गन्ध आउने समस्यालाई नजरअन्दाज गर्दछन् । किनकी यस्तो समस्याबाट मुक्ति पाउने उपाय धेरैलाई थाहा पनि हुँदैन ।
खुट्टाबाट दुर्गन्ध आउने समस्याबाट आफुमात्र होइन आफ्नो आसपासमा मानिस अझै बढि पीडित बन्दछन् । त्यसकारण खुट्टाबाट दुर्गन्ध आउने समस्याबाट मुक्ति पाउनका लागि निम्नानुसारका घरेलु उपाय अपनाउनु उपयुक्त हुन्छ ।

· अदुवालाई पिँधेर त्यसको रस निकाल्नुहोस् । त्यसपछि अदुवाको रसमा कपास भिजाउनुहोस् र त्यसलाई राति सुत्नुभन्दा अघि पाइतालामा दलेर रातभर छाड्नुहोस् । बिहान राम्रोसँग खुट्टा धुनुहोस् । खुट्टाको सरसफाइमा ध्यान दिनुहोस् । सफा जुत्ता तथा सफा मोजा लगाउने गर्नुहोस् । यदि यसो गर्दाप्नि खुुट्टाबाट दुर्गन्ध आउने समस्या नहटेमा छाला रोग विशेषज्ञसँग परामर्श लिनुपर्छ ।

· मनतातो पानीमा नुन घोल्नुहोस् अनि त्यो घोलमा खुट्टा डुबाउनुहोस् । केहीबेर नुनपानीमा खुट्टा डुबाइसकेपछि निकाल्नुहोस् अनि चिसो पानीले मज्जाले खुट्टा पखाल्नुहोस् । सिधे नुन पानीमा घोलेर खुट्टा डुबाउँदा अझ लाभदायी हुन्छ ।

· एउटा भाँडोमा मनतातो पानी राखेर त्यसमा दुइ चम्चा बेकिङ सोडा तथा कागतीको रस हाल्नुहोस् । अनि त्यसमा दश मिनेटसम्म खुट्टा डुबाएर राख्नुहोस् । हप्तामा एकपटक यसो गर्दा खुट्टा गन्हाउने समस्या कम हुन्छ ।

· राम्रोसँग पिँधेर मीहिन बनाएको अलिकति मकैको पिठो जुत्ताभित्र हाल्नुहोस् । यसले खुट्टाबाट निस्किने पसिना सोस्दछ अनि खुट्टाबाट दुर्गन्ध आउनबाट रोक्दछ । जुत्ता र खुट्टा भने हरेक दिन सफा गर्नुपर्छ ।

source: onlinekhabar.com

9 thoughts on “खुट्टा गन्हाउँछ ? अपनाउनुस् यी ४ घरेलु काइदा

  1. Okay, 719bet1. I took a spin on this one. Navigation was pretty clean, and the selection seemed decent. Always good to compare odds with other sites though! Here’s the link to 719bet1 if you wanna check it out: 719bet1

  2. Been using the jilipark app for a while now. It’s alright, gets the job done when I’m bored. Could be better but hey, it’s something. Worth a look at jilipark app if you’re looking for a time killer.

  3. Winvn666… hmm, feels pretty new, right? I checked it out, and it’s nothing to write home about, but not the worst either. Check it and decide yourself Winvn666. Gamble responsibly!

  4. Spin PH, you know how to keep things exciting! I was a bit skeptical at first, but the platform’s smooth and loads of fun. Definitely worth checking out if you’re looking for a new go-to. Try it for yourself spin ph

Leave a Reply

Your email address will not be published. Required fields are marked *